कुपिन्डे ताल

समृद्ध प्रदेश नं ६ :स्वर्ग को टुक्रा सल्यानको कुपिन्डेताल 


 सल्यान जिल्लाकाे सदरमुकाम देखि करिव १४ किमि पश्चिममा सडक दुरि पार गरेपछि प्रयटकिय क्षेत्र कुपिन्डेदह पुग्न सकिन्छ ।कच्ची सडक,जैविक विविधता र गाँउवस्तिको दृश्य अवलोकन गर्दै प्राकृतिक सुन्दरताले भरिपूर्ण बेग्लै परिचय स्थापित ताल कुपिन्डे ताल पुग्न सकिन्छ ।जडिबुटी,पर्यापर्यटन ,वन्यजन्तु,पछिं ,जलचर,

जनावरहरुको वासस्थानको रुपमा रहेका तालको वरिपरि अग्ला अग्ला पहाड ,हरियाली वन,विचमा निलो अाकाश झै मनै लोभ्याउने कुपिन्डे ताल देख्न सकिन्छ। 

   कुपिन्डे तालको मुख्य विशेषता नै बर्सेमा तीन रङ्ग वदल्नु हो ।वर्षा ,हिउँद र गर्मि याममा तालले रङ्ग वदल्ने गर्दछ भने तालबाट पानी वगेर जाने ठाउँ पनि देख्न सकिदैन ।तालको वरिपरि छरिएर रहेका पातपतिङ्गरहरु चराले टिपेर लैजाने भएकाले बार्है महिना ताल निलो सफा र निकै सुन्दर देखिन्छ ।र यो ताल पानको पात अर्थात लभ अाकारको देखिन्छ।त्यसैले यसलाई `लभ लेक´ पनि भन्ने गरिन्छ।तालको सुन्दरता र ताल वरिपरि को प्राकृतिक साैन्दय अनि न‌ै लोभलाग्दो रमणीय छ ।२३५३ हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डेतालको लम्बाई ८ सय ३४ मिटर ,चाैडाई ५ यश ३८ मिटर ,गहिराई ३४ मिटर र समुन्द्री सतहदेखि ११,२० मिटर उचाइमा रहेको छ ।केही समय अगाडि नेपाल सरकारले उक्त तथ्य निकालेको थियो ।

    कुपिन्डे ताल छेउमै कैलु वराहदेवको अाराधना गरिन्छ ।सोही मन्दिरमा सन्तान नभएका जोडिहरु अाएर पुजा अाराधना गरि सन्तान प्राप्तिको लागि कामना पूरा हुने जनविश्वास पनि रहेको छ ।त्यसैले विभिन्न क्षेत्रमा बाट पनि दर्शन गर्नेहरुको भिड लागेको हुन्छ ।पवित्र रुपमा वगिरहेको तालमा ढुङगा चढेर सयल गर्दा छुट्टै अान्नद पाउन सकिन्छ ।विशेषगरी शनिबार छिमेकि जिल्लाहरुबाट पिकनिक खान,मनोरञ्जन गर्ने ,कुपिन्डेतालमा अवलोकन ,अनुसन्धान गर्ने सयाै अान्तरिक प्रयटकहरुको भिड लाग्ने गरेको दृश्य देख्न सकिन्छ ।

 तालको बर्तमान अवस्था ,भाैगोलिक बनावट,प्राकृतिक साैन्दयता ,त्यहाँकाे विकास सम्भावना ले विभिन्न रोजगारी का अवसरहरु सँगसँगै त्यहाँका जनताको आय आर्जन पनि मजवुत हुने स्थिति देखिन्छ ।स्वदेश मा विभिन्न रोजगारी का अवसरहरु सृजना गरि वेरोजगारि दर न्यनुकिरण गर्न सकिन्छ ।सयाै संख्यामा युवाहरुलाई रोजगार दिन सकिन्छ कुपिन्डे तालको अासपासमा त्यसका लागि केही विकास निर्माण  का कार्यहरु हुनु अावश्यक देखिन्छ।

१-होम स्टे ,रिङ्ग रोड निर्माण ,भ्यु टावर निर्माण ,विभिन्न ठाउँमा प्रतिक्षालय निर्माण,तालको वरिपरि फलफुल खेति,वृक्षारोपण गरि वातावरण सफा र स्वस्थ गर्ने सकिन्छ ।

२-पिकनिक स्टल लाई व्यसथित गरि,खानेपानी ,तथा अाधनिक शाैचालयकाे व्यवस्था गरिनुपर्छ ।

३-टाढा बाट अाएका प्रयटकहरुलाई खाना, वस्न रेष्टुरेन्ट ,धर्मशालाको व्यवस्था गरिनुपछ र कुपिन्डे-वनगाड क्षेत्र कला साँस्कृतिक को उद्गम स्थल भएकाले त्यहाँको माैलिक प्रर्मपरालाइ समय समयमा प्रदशन गरि संरक्षण मा जोड दिनुपर्यो ।

४-पम्पिङ गरि जलविद्युत निकाल्न सकिने,र ठुला  सिचाँई अायोजना पनि सन्चालन गर्ने सकिने ।ठुलै लगानि गरि वाटर प्लेन सन्चाल गर्ने सकिने सम्भावना रहेको छ र यो नेपालको पहिलो अायोजना हुनेछ ।

५-तालमा माछा पालन गर्न सकिन्छ ,र वरिपरि हाँस पालन गर्न सकिन्छ ।जस्ले गर्दा प्रयटकहरुलाई आकर्षक गर्न सकिन्छ ।

६-कुपिन्डेताल बारे विभिन्न डकुमेन्ट्री ,भिडियो , जानकारीमुलक सन्देशहर राष्ट्रिय मिडियाहरुमा प्रचार प्रसार गरि प्रशस्तै मात्राका बाह्य तथा अान्तरिक प्रयटकहरु भित्र्याउन सकिन्छ ।

सुन्दर कुपिन्डे तालमा विभिन्न सम्भावनाहरु हुदाहुदै पनि विकासका पुर्बाधारहरुको अभावका कारण सोचेअनुसारको प्रयटकिय गन्तव्यको रुपमा लिन सकिएको छैन।तालको माथिबाट सडक खनिदिदा माटोले,ढुङ्गा र बर्खायाममा दल मिसिदा बिस्तारै भाटिन्ने सम्भावना पनि रहेको छ ।त्यसैले हामिले समयमै अपनाएर कुपिन्डे ताल लाई संरक्षण मा जोड दिनुपर्ने अावश्कता रहेको छ।

 

Comments

Popular Posts