खैराबाङ मन्दिर को परिचय
खैराबाङ मन्दिरकाे इतिहास खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अवस्थित खैराबाङ मन्दिर साविकको हिवल्चा गाविसमा पर्दछ । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भम्रण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो । पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.स. १४८० देखि मन्दि...
